स्वस्थ रहन यसरी गहिरो निदाउनुस् ।

 स्वस्थ रहन मानिसलाई उमेर अनुसार कम्तीमा दैनिक ६ घन्टा निदाउनु पर्ने हुन्छ। चाहिने जति निदाइएन भने डायबेटिज, डिप्रेसनजस्ता रोगले हाम्रो शरिरमा ठाउँ लिएका हुन्छन् ।तर, पछिल्लो समयमा पनि विश्वव्यापी रुपमै मान्छे कम निदाउने वा निदाउन नसक्ने अनुसन्धानहरुले समेत प्रष्ट पारेका छन्। अनुसन्धानहरुले पछिल्लो समयमा विभिन्न कारणले मानिसको निद्रा विथोलिएको देखाएका छन्। आफ्नै र बाह्य कारणले गर्दा मानिसको निद्रा अनियमित हुँदै गएको हो। राम्रो निद्रा नलाग्नु र दीर्घकालीन रुपमा निद्रा नलाग्नुले बुढेसकालमा देखा पर्ने रोगहरु लाग्ने अनुसन्धकर्ताहरु बताउँछन्।गहिरो निद्राका लागि यसो गर्नुस्ः
सुत्ने तालिकाः सधैँ एउटै समयमा सुत्ने र उठ्ने बानी बसालेमा अनिद्राको समस्या बिस्तारै हट्दै जानेछ ।
खानेकुरा : तरकारी, दाल, फलफूल, सलाद, दूधजस्ता हलुका खाना उपयुक्त मानिन्छन्, जसले मीठो निद्रा लगाउन मद्दत पुर्‍याउँछन् ।
नुहाउनुःशरीर एक हदसम्म चिसो नभएसम्म मीठो निद्रा पर्दैन भन्ने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । नुहाउनैपरे पनि सुत्नुभन्दा केही घण्टाअगाडि नै नुहाउने बानी बसाल्नुपर्छ ।
बत्ती : बेडरुममा मधुरो प्रकाशको बन्दोबस्त गर्नुस् । जसले गर्दा मीठो निद्राका लागि आवश्यक मुड ओछ्यानमा पल्टिनुअघि नै बन्नपुग्छ ।
मोबाइल : सुत्दाखेरि मोबाइल अनिवार्य रूपमा साइलेन्स मोडमा राख्ने गर्नुस् ।
चुरोटः चुरोट नखाने मानिस खानेहरूको तुलनामा चार गुणा बढी राम्रोसँग निदाउने गर्छन् भन्ने तथ्य अनुसन्धानबाट पुष्टि भइसकेको छ । चुरोटमा पाइने निकोटिनले गर्दा राम्रोसँग निदाउन सकिँदैन ।
लेख्नेः अधिकांश मानिसले मनमा अनेक कुरा खेल्ने भएकाले निद्रा नलाग्ने गरेको मनोचिकित्सकले बताउने गरेका छन् । उनीहरू यस्तो समस्या भएकाहरूले मनमा गुम्सिएका कुरा सुत्नुअघि डायरीमा लेख्ने गरेमा निदाउन सहज हुने सुझाव छ ।
सकारात्मक सोच राख्नुस्न : सुत्नुअघि आज राम्रा काम के–के गरियो र भोलि के–के राम्रा काम गर्न सकिन्छ भन्नेबारे विचार गर्नुस् । यसले तपाईंको मनलाई तनाव र छटपटीबाट मुक्त गराउँछ । यसको सीधा असर निद्रामा पर्छ ।

news24nepal बाट

Comments

Popular posts from this blog

हामीले सोचेकाे भन्द धेरै रमाइलो मानहुँ डाँडा ( तनहुँ दमाैली )

सिमकार्डबाट कसरी सस्ताेमा Internet ।