जुत्ता लगाउन नजान्दा पनि बिग्रिन्छ तपाईको भाग्य, यस्तो भन्छ ज्योतिष शास्त्र
हामीले बच्चादेखि नै सुन्दै आएका छौं कि जुत्ता तथा चप्पल उल्टो पल्टिएको छ भने त्यसलाई सुल्टो (सीधा) पल्टाउनुपर्छ । बाटो तथा आँगन अगाडि उल्टो जुत्ता देखियो भने साइत बिग्रिन्छ भन्ने मान्यता अहिले पनि छ । ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् । र यसै क्रममा हाम्रा जुत्ता पनि आउँछन् । ज्योतिष शास्त्रका अनुसार हाम्रा जुताको सम्बन्ध शनि ग्रहसँग हुन्छ । यसकारण यो पनि मान्यता छ कि जसलाई शनिको दशा लागेको हुन्छ उनीहरुले जुत्ता दान गर्नु पर्ने हुन्छ । जुत्ता कसरी राख्ने ? वास्तु शास्त्रका अनुसार तपाईले आफ्नो घरमा जुत्ता तथा जुत्ता राख्ने र्याक उत्तर–पूर्व दिशामा राख्नु हुँदैन । यस्तो यसकारण कि यही दिशाबाटै घरमा सूर्यको किरण प्रवेश गर्छ । यस्तो अवस्थामा तपाईको जुत्ताले घरमा प्रवेश गर्ने सकरात्मक उर्जामा बाधा पुर्याउन सक्छ । उपहारमा मिलेका र चोरीका जुत्ता लगाउनु हुँदैन शास्त्रीय मान्यता छ कि कहिल्यै पनि उपहारमा मिलेका तथा चोरेर ल्याएका जुत्ता लगाउनु हुँदैन । यसले भाग्यसँग तपाईंको मिलनलाई बन्द गरिदिन्छ । व्यक्तिगत करियरका लागि पनि उ...