सफलता प्राप्तीको लागि ऊर्जा दिने प्रेरक भनाइहरु ।
सफलता छोटो समयमै मिल्दैन । यसको लागि विश्वास र लगातारको मेहनतको यात्रा जरुरि छ । त्यो यात्रामा हामी कहिलेकाहीं थाक्छौँ र यत्तिकै बाटो छोड्न पनि सक्छौं । त्यस्तो परिस्थितिलाई सामना गर्नको लागि ऊर्जा दिन यहाँ केही भनाइहरु छन् : आफू सुतिरहेको समयमा पनि पैसा आउन सक्ने योजना बनाउन सक्दैनौ भने तिमी तिम्रो अन्तिम दिनसम्म पनि कडा मेहनत गरिरहेको हुनेछौ। – वारेन बफेट मैले मेरो जीवनमा कोही पनि ‘हिरो’ भेटिन, त्यसैले म आफै ‘हिरो’ बन्ने प्रयत्न गरें र बनें। – मुनिबा मजारी यदि तिमीलाई कसैले धेरै राम्रो अवसरको ‘अफर’ गरेको छ तर तिमीलाई त्यो काम आउंदैन भने मैले काम जान्दिन भनेर अफर अस्विकार नगर । त्यो ‘अफर’ लाई स्वीकार गर र काम सिक्न सुरु गरिहाल। – रिचार्ड ब्रान्सन जीवनको सबैभन्दा ठूलो जोखिम भनेको, कुनै पनि जोखिम नउठाउनु हो। – मार्क जुकर्बर्ग हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ। त्यसैले बरु विस्तारै हिंड, तर पाइला चालिहाल । केही जोखिम नै भएन भने, त्यो के जीवन भयो र ? – जे.के रोलिङ्ग मायाले मलाई बलियो बनाउँछ भने घृणाले लक्ष्य प्राप्त गरिछाड्ने बाटोमा दौडिन प्रेरित गर्छ। – क्रिस...