Tuesday, April 17, 2018

सनराइज बैंकको बोनस पाउन कसले तिर्नुपर्छ कर ?


सनराइज बैंक(SRBL)  ले २०७३ माघ २९ गतेपश्चात साधारण सभाका लागि सेयरधनी किताब बन्द भएको मिति (गत कात्तिक १२ गते) सम्म सेयर खरिद गरेर कायम रहेका सेयरधनीले बोनस प्राप्त गर्न कर तिर्नुपर्ने जनाएको छ ।
सेयर अभौतिकिकरण गरेका र बोनसको कर तिर्नु नपर्ने सेयरधनीलाई भने सभाबाट पारित १५ प्रतिशत बोनस सेयरधनीको हितग्राही खातामा पठाइसकेको बैंकले जनाएकाे छ ।
कर तिर्नुपर्ने सेयरधनीले बोनस सेयरको कर बापतको ५ प्रतिशतले हुने रकम सनराइज बैंकको खाता नम्बर ०६९०३७१११४७०१००२ मा जम्मा गरेको रसिद पेश गरे पश्चात मात्र बोनस सेयर हितग्राही खातामा जम्मा गरिने बताएको छ ।
बैंककाे १० औं बार्षिक साधारण सभाले गत अार्थिक बर्षकाे नाफाबाट सेयरधनीलार्इ १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।
हालसम्म पनि भौतिक सेयर ग्रहण गरेका सेयरधनीले यस बैंकको सेयर रजिष्ट्रार सनराइज क्यापिटल तथा कुनै निक्षेप सदस्य तथा वित्तिय संस्थाबाट डिम्याट खाता खोलेर सेयर अभौतिकिकरण गरेपश्चात मात्र बोनस वितरण हुने बैंकले जनाएको छ ।
बैंकले वितरण गरेको बोनस सेयर चैत २८ गते नेप्सेमा सूचीकृत भएको थियो ।

merolagani.com  बाट

No comments:

Post a Comment