Wednesday, January 17, 2018

सफलता प्राप्तीको लागि ऊर्जा दिने प्रेरक भनाइहरु ।

सफलता छोटो समयमै मिल्दैन । यसको लागि विश्वास र लगातारको मेहनतको यात्रा जरुरि छ । त्यो यात्रामा हामी कहिलेकाहीं थाक्छौँ र यत्तिकै बाटो छोड्न पनि सक्छौं । त्यस्तो परिस्थितिलाई सामना गर्नको लागि ऊर्जा दिन यहाँ केही भनाइहरु छन् :
आफू सुतिरहेको समयमा पनि पैसा आउन सक्ने योजना बनाउन सक्दैनौ भने तिमी तिम्रो अन्तिम दिनसम्म पनि कडा मेहनत गरिरहेको हुनेछौ।
– वारेन बफेट
मैले मेरो जीवनमा कोही पनि ‘हिरो’ भेटिन, त्यसैले म आफै ‘हिरो’ बन्ने प्रयत्न गरें र बनें।
– मुनिबा मजारी
यदि तिमीलाई कसैले धेरै राम्रो अवसरको ‘अफर’ गरेको छ तर तिमीलाई त्यो काम आउंदैन भने मैले काम जान्दिन भनेर अफर अस्विकार नगर । त्यो ‘अफर’ लाई स्वीकार गर र काम सिक्न सुरु गरिहाल।
– रिचार्ड ब्रान्सन
जीवनको सबैभन्दा ठूलो जोखिम भनेको, कुनै पनि जोखिम नउठाउनु हो।
– मार्क जुकर्बर्ग
हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ। त्यसैले बरु विस्तारै हिंड, तर पाइला चालिहाल ।
केही जोखिम नै भएन भने, त्यो के जीवन भयो र ?
– जे.के रोलिङ्ग
मायाले मलाई बलियो बनाउँछ भने घृणाले लक्ष्य प्राप्त गरिछाड्ने बाटोमा दौडिन प्रेरित गर्छ।
– क्रिस्टियानो रोनाल्डो
यदि तिमीले जोखिम उठाउने हिम्मत गर्दैनौ भने केही पनि प्राप्त गर्न सक्दैनौ ।
– बेयर ग्रिल्स
म सधै चुनौतीको सामना गर्न रुचाउँछु, किनकी म केही फरक गर्न चाहन्छु ।
-टम क्रुज
तिमीले जुन काम गर्दैछौ, त्यसमा विश्वास राख्न जरुरी छ ।

epokharaonline.com बाट 

No comments:

Post a Comment